दोस्रो खेलमा युगान्डाले टस जित्यो, नेपाललाई ब्याटिङकाे निम्ताे

डिसी नेपाल
३ जेठ २०७९ १३:००
44
Shares

काठमाडौं। पाँच टी-२० शृंखलाको दोस्रो खेलमा भ्रमणकारी टोली युगान्डाले टस जितेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा युगान्डाले टस जितेर फिल्डिङ गर्ने भएसँगै रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपालले पहिले व्याटिङ गर्ने भएको हो।

खेल १ बजे सुरु हुनेछ। हिजोबाट सुरु भएको शृखलामा युगान्डाले १-० को अग्रता बनाएको छ। नेपाल पहिलो खेलमा १२ रनले पराजित भएको थियो।

पहिलो खेलमा अनुपस्थित रहेकी अलराउन्डर सीता राना मगर दोस्रो खेल भने खेल्नेछिन्। पहिलोपटक घरेलु मैदानमा टी-२० शृंखला खेल्दै गरेको नेपाल र युगान्डाबीच पाँच खेल हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *