ललितपुर महानरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता कायमै

डिसी नेपाल
३ जेठ २०७९ १३:११
120
Shares

काठमाडौं।ललितपुर महानरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन्।दुबै उम्मेदवारले सुरुवातदेखि अग्रता लिइरहेका छन्।

महानगरमा १३ हजार ८१६ मतगणना गर्दा कांग्रेसबाट नरप्रमुखका उम्मेदवार चिरिबाबु महर्जनले ७ हजार ७ सय २ मत प्राप्त गर्दै अग्रता लिइरहेका छन्।उनलाई पछ्याउँदै एमालेका हरिकृष्ण बेञ्जनकारले ३ हजार ३ सय ७४ मत प्राप्त गरेका छन्।

उपप्रमुखमा भने एमालेकी मञ्जली शाक्य बज्राचार्यले सुरुवात देखि अग्रता लिइरहेकी छिन्।मञ्जलीले हाल ३ हजार ९ सय ६५ मत सहित अग्रस्थानमा रहेकी छिन्।उपप्रमुख मै गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार बाबुराज बज्राचार्य भने २ हजार ७ सय १५ मत सहित एमालेकी मञ्जली शाक्यलाई पछ्याइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरले जनाएको छ।हाल वडा नम्बर ४ र ६ को मतगणना जारी रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.