भरतपुर महानगर : थोरै मतले रेणु दाहाल अगाडि
चितवन। चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल ११९ मतले अगाडि छिन्। १८ हजार ८८३ मत गणना गर्दा रेणुले ६ हजार ३१९ मत ल्याएर अग्रता लिँदा उननलाई पछ्याइरहेका एमालेका विजय सुवेदीले ६ हजार २०० मत ल्याएका छन्।
साथै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार ८१ मत ल्याएर रेणु र सुवेदीलाई पछ्याइरहेका छन्। यसैगरी उपमेयरमा कांग्रेसकी चित्रसेन अधिकारीले सात हजार ६९९, राप्रपाकी हिमला गुरुङले पाँच हजार ८२ मत ल्याएर प्रतिस्पर्धामा छन्।
भरतपुर–५ मा एक हजार ६१७ गणना गर्दा वडाध्यक्षमा एमालेका पदमपाणी सुवेदीले ६९९ र कांग्रेसका युद्धप्रसाद श्रेष्ठले ७१७ मत ल्याएर प्रतिस्पर्धामा छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment