अफताब आलमका छोरा राजिक आलम राजपुर नगरपालिको मेयरमा अग्रता बनाउँदै

डिसी नेपाल
३ जेठ २०७९ १४:२३
828
Shares

काठमाडौं।नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मो.अफताब आलमका कान्छा छोरा डा.राजिक आलम रौतहटको राजपुर नगरपालिका  मेयरको जारी मतगणनामा अग्रस्थानमा रहेका छन्।उनले हाल १८८२ मत प्राप्त गरी अग्रस्थानमा रहेका हुन्।

उनलाई पछ्याउँदै नेकपा(एकीकृत समाजवादी)पार्टीका साह मोहम्मदले ८२१ मत सहित पछ्याइरहेका छन्।नेकपा (माओवादी केन्द्र)का मो.ओकल अक्तर ७५९ मत सहित तेस्रो स्थानमा रहेका छन्।उपमेयरमा पनि कांग्रेसकी जमिला अंसरी १९१० मत सहित अग्रस्थानमा रहेकी छिन्।

उनलाई पछ्याउँदै एकीकृत समाजवादीकी प्रियंका चौधरी ९८७ मत सहित दोस्रो स्थानमा रहेकी छिन्।पूर्वमन्त्री अफताब आलम इँटाभट्टामा हालेर ज्यान लिएको अभियोगमा हाल पुर्पक्षका लागि नख्खु कारागारमा रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.