१० वडाको मतगणना गर्दा प्रत्येक वडामा बालेनको अग्रता, कुन वडामा कसको कति मत ?

डिसी नेपाल
३ जेठ २०७९ १७:१९
1.9k
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाको मतगणना अहिले राष्ट्रिय सभागृहमा भइरहेको छ । अहिलेसम्म काठमाडौंका १० वटा वडाको मतगणना गरिएको छ । यीमध्ये वडा नम्बर १ र २ को गणना पूरा भइसकेको छ । वडा नम्बर ३, ४, ५, ६, २९, ३०, ३२ र ३२ को मतगणना भइरहेको छ । गणनामा प्रत्येक वडामा बालेन्द्र शाहको अग्रता देखिएको छ ।

वडा नम्बर १ मा बालेनको लौरो चिन्हले ७८२, एमालेका केशव स्थापितको सूर्य चिन्हले ३६५ र कांग्रेसकी सिर्जना सिंहको रुख चिन्हले ४५१ मत पाएका छन् । यस्तै वडा नम्बर २ मा लौरोले १२१५, सूर्यले ७२८ र रुखले ४९६ मत पाएका छन् । वडा नम्बर ३ मा लौरोमा १७५६, सूर्यमा १००४ र रुखमा ८८७ मत खसेको छ ।

वडा नम्बर ४ मा लौरोमा २२७९, सूर्यमा १११९ र रुखमा ९११ मत खसेको छ । यस्तै वडा नम्बर ५ मा लौरोले ११३०, सूर्यले ८७५ र रुखले ५९५ मत पाएका छन् । वडा नम्बर ६ मा लौरोले ७०४, सूर्यले ४२७ र रुखले ५८२ मत पाए । वडा नम्बर २९ मा लौरोमा ३२, सूर्यमा १० र रुखमा ३३ मत खसेको छ ।

वडा नम्बर ३० मा लौरोले १९२, सूर्यले ६५ र रुखले ८८ मत पाएका छन् । वडा नम्बर ३१ मा लौरोमा ११८१, सूर्यमा ७०८ र रुखमा ६७६ मत परेको छ । वडा नम्बर ३२ मा लौरोमा २५२१, सूर्यमा ११७५ र रुखमा ९५५ मत परेको छ । वडा नम्बर ३२ बालेन शाह आफैंले मतदान गरेको वडा पनि हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.