तिनपाटन गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

डिसी नेपाल
३ जेठ २०७९ १८:५०
28
Shares

सिन्धुली ।  तिनपाटन गाउँपालिकामा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले जित हासिल गरेको छ । कांग्रेसबाट गाउँपालिका अध्यक्षमा कर्णबहादुर थापा मगर र उपाध्यक्षमा माओवादी केन्द्रका धनबहादुर पुलामी विजयी भएका हुन् ।

मगरले नौ हजार २३९ मत प्राप्त गरे भने नेकपा(एमाले)का उम्मेदवार छत्र दाहालले ८ हजार ४२ मत प्राप्त गरे् । उपाध्यक्षमा माओवादी केन्द्र गठबन्धनका उम्मेदवार धनबहादुर पुलामी ८ हजार ३९९ मतले विजयी भए भने एमालेका पदममाया तामाङ ७९०८ मतल्याई पराजित भएकी छन्। पदममाया यसअघि एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष हुन् । एमालेबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका दाहाल २०७४ सालको निर्वाचनमा १९ मतले पराजित भएका थिए ।

वडा नंम्बर २, ३, ४, ६, ७, ८, ९, १० र ११ मा गठबन्धनबाट कांग्रेस विजयी र वडा नं १ र ५ एमाले विजयी भएको छ । वडा नं १ बाट एमाले बाट गोविन्द राउत, वडा नं ५ मा भुपाल तामाङ विजयी भएका छन् । अन्य वडामा गठबन्धनबाट कांग्रेसबाट वडा नं २ मा मुकुन्द पौडेल वडा नं ३ मा लालबहादुर स्याङतान, ४ मा खड्गबहादुर भुजेल, वडा नं ६ मा वीरबहादुर पुलामी, वडा नं ७ मा युवराज पहाडी, ८ मा कृष्णप्रसाद गौतम वडा नं ९ मा मोहन गौतम, १० मा पुण्यहरि भुजेल र वडा नं ११ मा तिलकबहादुर बस्नेत विजयी भएका छन् ।

विसं २०७४ मा भएको स्थानीय निर्वाचनमा उपाध्यक्षसहित बहुमत वडा जितेको एमालेले २०७९ मा दुई वडामा मात्र सीमित भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.