काठमाडौं महानगर पछिल्लो अपडेटः बालेन पाँच हजार मतान्तरले अगाडि
काठमाडौं । काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ले अग्रता लिइरहेका छन् । उनले १२ हजार १३१ मत ल्याएका छन् ।पछिल्लो मतपरिणाम अनुसार ३१२५३ मतगणना हुँदा शाहले १२हजार १३१ मत ल्याउदा निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले ६ हजार ४६६ मत ल्याएका छन्।
कांग्रेसकी सिर्जना सिंहले ५ हजार ७७९ मत पाएकी छन्।
उपमेयरमा एमालेकी सुनिता डंगोलले १२ हजार १५७ मत पाएकी छिन् । । उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ३ हजार ६१४ मत पाएका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment