नेपालका लागि नयाँ भारतीय राजदूतमा नवीन श्रीवास्तव नियुक्त

डिसी नेपाल
३ जेठ २०७९ २१:५३
28
Shares

काठमाडौं । नेपालका लागि भारतीय राजदूतमा नवीन श्रीवास्तव नियुक्त भएका छन् ।

भारतीय विदेश मन्त्रालयले श्रीवास्तवलाई राजदूत नियुक्त गरिएको औपचारिक जानकारी दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको एक दिनपछि विदेश मन्त्रालयले श्रीवास्तवको नियुक्तिको घोषणा गरेको हो।

श्रीवास्तव, १९९३ ब्याचका भारतीय विदेश सेवा, हाल एमईएमा अतिरिक्त सचिवको रूपमा सेवा गरिरहेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.