घोराही उपमहानगरपालिकामा एमालेको मतान्तर बढयो, गठबन्धन भन्दा ४४ सय मतले अगाडि
दाङ । घोराही उपमहानगरपालिकामा नेकपा(एमाले)ले सत्ता गठबन्धनलाई फराकिलो मतान्तरले अग्रता कायम गरेको छ । राति १२ बजेको पछिल्लो मतपरिणाम अनुसार ५४८०५ मतगणना हुँदा एमालेका मेयर उम्मेदवार नरुलाल चौधरीले २२९७५ मत ल्याएका छन् ।
चौधरीले गठबन्धनलाई ४४५३ मतान्तरले अग्रता कायम गरेका छन् । गठबन्धनबाट मेयरका उम्मेदवार बनेका माओवादी केन्द्रका हेमराज शर्मा(डायमण्ड)ले १८५२२ मत ल्याएका छन् ।
उपमेयरमा एमालेकी हुमा डिसीले २२२२८ मत ल्याएर अगाडि रहेकी छिन् । उनी गठबन्धनका भुपबहादुर डाँगी भन्दा १२०१ मतान्तरले अगाडि छिन् । गठबन्धनबाट उपमेयर उम्मेदवार नेपाली कांग्रेसका भुपबहादुर डाँगीले २१०२७ मत ल्याएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment