तुलसीपुर उपमहानगरपालिकामा एमालेको सुरुवाती अग्रता

डिसी नेपाल
४ जेठ २०७९ ७:१८
292
Shares

तुलसीपुर। दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेले सुरुवाती अग्रता लिएको छ।

तुलसीपुरको मेयरमा पाँच सय मत गणना हुँदा एमालेका टिकाराम खड्काले २०२ मत प्राप्त गरेका छन् भने गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवारले १८७ मत प्राप्त गरेका छन्। त्यस्तै, उपमेयरमा एमालेका स्यानी चौधरीले २०७ र गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका १३२ मत प्राप्त गरेका छन्।

पहिलो चरणमा तुलसीपुर उपमहानगरपालिका वडा नं १ र २ को गणाना भइरहेको छ।

यस उपमहानगरपालिकामा एक लाख एक हजार चारसय ६० मतदातामध्ये ७४ हजार तीन सय ३६ मत खसेको थियो। यसअघि तुलसीपुरकाको मेयर र उपमेयरमा एमालेले जितेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.