सार्वजनिक सवारीसाधनको भाडा वृद्धि, हेर्नुहोस् कुन ठाउँमा जान कति लाग्छ ? (सूचीसहित)

डिसी नेपाल
४ जेठ २०७९ ९:३२
680
Shares

काठमाडौँ। सार्वजनिक सवारीसाधनको भाडा वृद्धि भएको छ। यातायात व्यवस्था विभागले पेट्रोल र डिजेलको मूल्य लिटरमै १० रुपैयाँ वृद्धि भएको हुनाले सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको हो।

यातायात व्यवस्था विभागले जेठ ४ गतेदेखि लागू हुनेगरी न्यूनतम ३.५ प्रतिशतदेखि अधिकतम ५.१ प्रतिशतसम्मले भाडा बढाएको छ । विभागले साविकको भाडादरमा अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुबाहकतर्फ ३.५ प्रतिशतले, पहाडी बाटोमा गुड्ने मालबाहकमा ४.६ प्रतिशतले बढाएको छ ।

साथै तराईको बाटोमा गुड्ने मालबाहक सवारीमा ५.१ प्रतिशतले वृद्धि गरिएको भाडा वृद्धिको सूचना जारी गर्दै यातायात व्यवस्था विभागले जनाएको छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सार्वजनिक सवारीसाधनको पनि भाडा समायोजन गरिएको विभागले जनाए।

नेपाल आयल निगमले वैशाख ३१ गते डिजेल, पेट्रोल र मट्टीतेलमा समान प्रतिलिटर १० रुपैयाँले मूल्य वृद्धि गरेको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.