बारामा पहिलो महिला वडाध्यक्षमा एमालेकी चयन गुरुङको प्यानल विजयी

डिसी नेपाल
४ जेठ २०७९ १२:५३
84
Shares

बारा। जितपुरसिमरा उपमहानगरपालिका १४ मा नेकपा एमालेकी उम्मेदवार चयन गुरुङको प्यानल विजयी भएको छ। सम्भवत् बारामै र जितपुरसिमरा उपमहानगरपालिकाकै पहिलो महिला वडाध्यक्षको रुपमा निर्वाचित गुरुङले लोकप्रिय मत प्राप्त गरेकी छन्।

गुरुङले एक हजार तीन सय २५ मत प्राप्त गरेकी हुन्। उनको निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका भरतप्रसाद भण्डारीले ९२३ मत प्राप्त गरे। गुरुङ चार सय दुई को फराकिलो मतान्तरले विजयी भएकी हुन्।

उक्त वडामा एमालेमा महिला सदस्य उम्मेदवार रामपति थरुनी, दलित महिला सदस्य उम्मेदवार गिता सार्की, सदस्य उम्मेदवारहरु तेज नारायण चौधरी र यमनाथ ढकाल विजयी भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.