समूह चरणको अन्तिम खेलअघि हैदराबादका कप्तान टिम छोडेर गए
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को सिजनमा सनराइजर्स हैदरावाद टोलीलाई ठूलो धक्का लागेको छ । टिमका कप्तान केन विलियम्सनले अब यो सिजन टिमबाट खेल्ने छैनन् । मंगलबार भएको खेलमा हैदरावादले रोहित शर्माको मुम्बई इन्डियन्सलाई ३ रनले पराजित गरेको छ ।
सनराइजर्स टोली छैटौं जितसहित प्लेअफको दौडमा छ । अब यो टोलीसँग एउटा मात्र खेल बाँकी छ, जुन २२ मेमा पञ्जाब किंग्स विरुद्ध हुनेछ। प्लेअफका लागि हैदरावादको टोलीले अन्तिम खेल ठूलो अन्तरले जित्नुपर्नेछ । साथै, दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरको हारको लागि प्रार्थना गर्नुपर्छ।
न्युजिल्यान्डका कप्तान केन विलियम्सनकी श्रीमती सारा रहिमले दोस्रो सन्तानलाई जन्म दिने भएकी छिन् । यही कारण विलियमसन डिलिवरीको समयमा आफ्नी श्रीमतीसँग बस्न चाहन्छन्। यही कारणले उनले टोलीका लागि अन्तिम खेल नखेल्ने भएका हुन् । सनराइजर्स फ्रेन्चाइजीले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएको हो ।
हैदरावाद व्यवस्थापनले ट्वीट गर्यो- ‘हाम्रा कप्तान केन विलियमसन आफ्नो देश फर्किनेछन्। फ्रान्चाइजी क्याम्पका सबै सदस्यहरूले विलियम्सन र उनकी पत्नीलाई सुरक्षित डेलिभरीको लागि शुभकामना दिएका छन्। उनको घरमा धेरै खुसी आओस्।’
केन विलियम्सनले यो सिजनमा ब्याटबाट राम्रो प्रदर्शन गर्न सकेका छैनन् । उनले एक अर्धशतक मात्र प्रहार गर्न सके । उनले यो सिजन टोलीका लागि १३ खेल खेलेका थिए जसमा १९.६४ को औसतमा २१६ रन बनाएका थिए । सनराइजर्स हैदरावादको टोलीले यो सिजन अहिलेसम्म १३ खेल खेलेको छ जसमध्ये ६ खेलमा जित निकालेको छ । हाल यो टोली १२ अंकसहित आठौं स्थानमा छ । यो टोली प्लेअफको दौडमा रहेपनि आशा भने झिनो मात्र छ ।







डिसी नेपाल







Facebook Comment