सिर्जना र केशव दुवैको मत जोड्दा पनि १८३ मतले बालेन अगाडि
काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले एमाले(कांग्रेसका उम्मेदवारलाइ निकै पछि पारेका छन्। निकटतम प्रतिद्वन्द्वीभन्दा उनको अग्रता साढे ८ हजारभन्दा धेरै भएको छ ।
पछिल्लो मतगणना अनुसार बालेनले १८ हजार भोट कटाएका छन्। बालेनले १८ हजार २३७ भोट पाए भने उनको प्रतिस्पर्धी एमालेका मेयर उम्मेदवार केशव स्थापितले ९ हजार ५१७ भोट पाएका छन्। त्यस्तै कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले ८ हजार ५३७ भोट ल्याएकी छन्।
मतगणनाको सुरूदेखि नै बालेनले अग्रता कायम गर्न सफल भएका छन्। अहिले उनको अग्रता एमालेसँग ८७२० पुगेको छ । काग्रेससँग उनको अग्रता ९७०० पुगेको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment