मदन सुन्दर श्रेष्ठप्रतिको वितृष्णाले मध्यपुरमा एमालेको हार भयोः महेश बस्नेत
फाइल फोटो
भक्तपुर । नेकपा एमालेका नेता महेश बस्नेतले एमालेप्रति नभई मदनसुन्दर श्रेष्ठप्रतिको वितृष्णाले मध्यपुर थिमिमा एमालेले हार व्यहोर्नुपरेको बताएका छन् । बुधबार अन्तर्वार्तामा उनले एमालेप्रतिको वितृष्णाले नभई मदनसुन्दरको वितृष्णाले नगरमा एमाले हार्नुपरेको दाबी गरे । उनले भने, ‘यसो भन्दा मदनसुन्दरलाई नराम्रो लाग्नसक्छ, तर यही नै वास्तविकता हो।’
मैले त उम्मेदबारी दिंदा नै मदनसुन्दरलाई नदोहर्याऔं बरु प्रदेश सभामा पछि उठनुस् भनेका थिएँ,’ उनले भने, ‘मनदसुन्दरले जिद्दी गर्नुभयो ।’
यसैको परिणाम एमालले हार व्यहोर्नु परेको उनको भनाई थियो ।
मध्यपुर थिमि नगरपालिकाको निवर्तमान मेयर मदनसुन्दर यस पटकको निर्वाचनमा कांग्रेसका सुरेन्द्र श्रेष्ठबाट मेयर पदमा पराजित भए। जिल्लामा मदनसुन्दर महेश बस्नेतविरुद्धको समूहका मानिन्छन्।







डिसी नेपाल








Facebook Comment