भरतपुर महानगरपालिकामा एमालेका विजय सुवेदी भन्दा रेणु २१ सय मतान्तरले अगाडि

डिसी नेपाल
४ जेठ २०७९ १९:१०
1.1k
Shares

चितवन । भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालले निरन्तर अग्रता कायम गरिरहेकी छिन् । पछिल्लो मतपरिणाम अनुसार एमालेका मेयर उम्मेदवार विजय सुवेदीलाई २१२० मतान्तरले पछि पार्दै अग्रता बढाएकी छिन् ।

३०५५४ मत गणना हुँदा रेणुले १११९५ मत लिएर अग्रस्थानमा रहेकी छिन् । एमालेका विजय सुवेदीले ९०७५ मत ल्याएका छन् ।

कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ५००३ मत ल्याएका छन् ।

यस्तै उपमेयरमा गठबन्धनका चित्रसेन अधिकारीले १३३५५ ल्याउँदा राप्रपाकी हिमला गुरुङले ७४४३ मत ल्याएकी छिन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.