भरतपुरमा रेणुले लिइन् २२०० मतको अग्रता

डिसी नेपाल
४ जेठ २०७९ २०:३५
344
Shares

चितवन । भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले मतान्तर फराकिलो बनाउँदै लगेकी छन् । ३१ हजार ६९३ मतगणना हुँदा उनले २ हजार १९८ मतको अग्रता लिएकी छन् ।

रेनुले ११ हजार ७१६ मत पाउँदा एमालेका विजय सुवेदीले नौहजार ५१८ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ५ हजार १४७ मत पाएका छन् । भरतपुर महागरपालिकामा अहिले ७ र ८ नम्बर वडाको मतगणना भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.