काठमाडौंमा बालेनको दोब्बरको अग्रता, एमालेका स्थापित भन्दा ८८३५ मतले अगाडि
काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले निरन्तर अग्रता कायम गरिरहेका छन् । पछिल्लो बेलुका ८ बजेको मतपरिणाम अनुसार ४८२१३ मत गणना हुँदा बालेनले १८३८७ मत लिएर अग्रता कायम गरेका छन् ।
उनका निकटतम प्रतिद्धन्द्धी एमालेका केशब स्थापितले ९५५२ मत ल्याएका छन् । बालेन स्थापित भन्दा दोब्बर भन्दा बढी ८८३५ मतान्तरले अगाडि रहेका छन् ।
गठबन्धनकी सिर्जना सिहले ८६९८ ल्याएकी छिन् ।
यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोलले १८०४१ मतसहित अग्रस्थानमा रहेकी छिन् । उनले निकटतम प्रतिद्धन्द्धी गठबनधनका रामेश्वर श्रेष्ठ भन्दा १२२४१ मतले अग्रता कायम गरेकी छिन् । गठबन्धनका रामेश्वर श्रेष्ठले ५८०० मत ल्याएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment