भरतपुर महानगरपालिकामा ३४१८१ मत गणना हुँदा रेणु २५२९ मतले अगाडि
चितवन ।भरतपुर महानगरपालिकामा रेनु दाहालले अग्रता बढाउँदै गएकी छन् । पछिल्लो मतपरिणाम अनुसार ३४१८१ मत गणना हुँदा गठबन्धनकी उम्मेदवार रेनु दाहालले १२७२९ मत पाएकी छन् । विजय सुवेदी भन्दा रेनु २५२९ मतले अगाडि रहेकी छन् ।
नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १०२०० मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५४८१ मत पाएका छन् ।
उपमेयरमा कांग्रेस उम्मेदवार चित्रसेन अधिकारीले १४९९० मत पाएका छन् भने राप्रपा उम्मेदवार हिमला गुरुङले ८२७७ मत पाएकी छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment