हेटौंडामा लामासँग मतान्तर घटाउँदै पौडेल, सिंह तेस्रोमा झरे
हेटौँडा। हेटौँडा उपमहानगरपालिका मेयरको मतपरिणाम रोचक बन्दै गएको छ। मेयरमा गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामाले अग्रता कायमै राखे पनि एमालेका उम्मेदवार अनन्त पौडेलले मतान्तर घटाउँदै लगेका छन्।
२ हजारभन्दा बढीको मतान्तर बनाएकी लामा अहिले पौडेलभन्दा ८५० मतान्तरले अघि छन्। ५१ हजार १११ मत गणना भइसक्दा मेयरमा लामाले १५ हजार ८२६ र पौडेलले १४ हजार ९७६ मत प्राप्त गरेका छन् । राप्रपाका दीपकबहादुर सिंहले १४ हजार ४१७ मत सहित तेस्रो स्थानमा छन्।
उपमेयरमा गठबन्धनबाट उम्मेदवार कांग्रेसका राजेश बानियाँलेअग्रता बढाउँदै लगेका छन्। बानियाँ २३ हजार २ मत प्राप्त गर्दै अग्रस्थानमा रहँदा निकटतम प्रतिस्पर्धी एमालेकी सुमित्रा काफ्लेले १६ हजार ७३५ मत पाएकी छन्। राप्रपाकी इन्दिरा न्यौपाने डल्लाकोटीले ३ हजार ५९४ मत पाएकी छन्।







डिसी नेपाल







Facebook Comment