काठमाडौंमा बालेनको अग्रता ११ हजारभन्दा धेरै
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिइरहेका छन् । उनको अग्रता ११ हजारभन्दा माथि पुगिसकेको छ ।
५८ हजार ८ सय ५० मतगणना हुँदा बालेनले २२ हजार ८४२ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ११ हजार ७६९ मत प्राप्त गरेका छन। स्थापित भन्दा बालेन ११ हजार ७३ मत अन्तरले अगाडि छन् ।
स्थापितलाई पछ्याउँदै नेपाली कांग्रेसकी सिर्जना सिंहले १० हजार ९८६ मत ल्याएकी छिन् ।
त्यस्तै, उपप्रमुखमा एमालेकी सुनिता डंगोलले १९ हजार ९५६ मत ल्याएर अग्रता लिइरहेकी छिन् । भने उनलाई पछ्याउँदै एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ६ हजार ३१६ मत ल्याएका छन् । त्यस्तै, राप्रपाका बिनिता मगैयाले ३४ सय ४९ मत प्राप्त गरेकी छिन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment