कांग्रेसका उम्मेदवार साढे दुई सयभन्दा बढी पालिका प्रमुखमा विजयी

डिसी नेपाल
५ जेठ २०७९ १५:२६
132
Shares

काठमाडौं।स्थाीय तह निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसले हालसम्म साढे दुई सयभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्षमा जीत हात पारेको छ ।

निर्वाचन आयोगका अनुसार कांग्रेसका उम्मेदवारले हालसम्म २५२ पालिकाको प्रमुख तथा अध्यक्ष पदमा विजयी बनिसकेका छन् । स्थानीय तह निर्वाचनको हालसम्म मतगणना सकिएका पालिकामध्ये सबैभन्दा बढीमा कांग्रेसका उम्मेदवार विजयी बनेका छन् ।

हाल मतगणना भइरहेका पालिकामध्ये ६८ वटाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवारको अग्रता रहेको छ । गत ३० वैशाखमा देशका ७५३ वटै स्थानीय तहमा एकसाथ निर्वाचन भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.