मकवानपुरका नवनिर्वाचित अध्यक्षहरूले लिए शपथ

डिसी नेपाल
५ जेठ २०७९ १८:१०
500
Shares

हेटौंडा । मकवानपुरको विभिन्न गाउँपालिकाबाट निर्वाचित अध्यक्षहरूलाई शपथ ग्रहण गराइएको छ । बिहीबार एक कार्यक्रमकाबीच मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् ।

भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, बकैया गाउँपालिका अध्यक्ष धर्म लामिछाने, मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे स्याङतान लामा, ईन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीलाई मुख्य निर्वाचन अधिकृत श्रेष्ठले शपथ ग्रहण गराएका हुन् ।

जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा भएका सपथग्रहण कार्यक्रमकामा बागमती प्रदेश सदस्य प्रेमबहादुर पुलामी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

मकवानपुरको १० वटा स्थानीय तह मध्ये ८ वटा स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ भने हेटौंडा उपमहानगरपालिका र बागमती गाउँपालिकाको मतगणना जारी रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.