पाथीभरामा एक तीर्थयात्रीको मृत्य
ताप्लेजुङ । पाथीभरामा एक तीर्थत्रात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिकाका ६४ वर्षीय हरिप्रसाद घिमिरे रहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
फेदीमा अस्वस्थ्य महसुस गएर बेहोस भएका घिमिरेलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउन साथ चिकित्सकले मृत घोषणा गरेका थिए । परिवारसँगै दर्शनका लागि आएका घिमिरेलाई उहाँकै गृहजिल्ला पठाइसकिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment