खरिपाटीको दुई सय वर्ष पुरानो मन्दिर पुननिर्माणको पर्खाइमा

डिसी नेपाल
७ जेठ २०७९ १५:०५
68
Shares

भक्तपुर । जेठ भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ५ खरिपाटीस्थित पुरानो ऐतिहासिक कृष्ण मन्दिर पुनर्निमाण हुन नसकेर ओझेलमा परेको छ । लगभग दुई सय वर्षभन्दा बढी पुरानो मानिएको यो मन्दिर भूकम्पपछि कुनै किसिमको जगेर्ना हुन सकेको छैन् ।

स्थानीय निकायको निर्वाचनपछि धेरै ठाउँमा धेरै विकासको काम भए पनि यहाँको यो मन्दिर पुनर्निमाणको पर्खाइमा छ । भत्किएर मन्दिरको स्वरुप नै बिग्रिएको छ । परम्परादेखि कृष्ण जन्माष्टमीमा चल्दै आएको ९ मुरी, ९ पाथी, ९ माना र ९ मुठी चामलको भतेर खुवाउने चलन यहाँं थियो ।

तर, केही समय अगाडि १÷१ माना चामल भए पनि वितरण गरिएको थियो । तर, हाल यो कार्य स्थगित भई मन्दिर बेवारिसे अवस्था रहेको स्थानीयले बताए । गुठीसँग समन्वय गरी मन्दिरको पुनर्निमाणका लागि नयाँ निर्वाचित स्थानीय जनप्रतिनिधि पहल गर्ने आशा स्थानीय विन्दु घिमिरेले गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.