तीन कम्पनीले आइपिओ जारी गर्न बोर्डसँग मागे अनुमति

डिसी नेपाल
८ जेठ २०७९ ११:३५
76
Shares

काठमाडौं। तीन कम्पनीले आइपिओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ। माया खोला हाइड्रोपावर, मकर जीतुमाया सुरी हाइड्रोपावर र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आइपिओ जारी गर्न अनुमति माग गरेको हो।

धितोपत्र बोर्डसँग माया खोला हाइड्रोपावरले ३४ लाख आइपिओ जारी गर्न अनुमति माग गरेको हो। कम्पनीले प्रति कित्ता १ सय अंकित मुल्यमा ३४ करोड रुपैयाँ बराबरको आइपिओ जारी गर्न लागेको हो। आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

यस्तै, मकर जीतुमाया सुरी हाइड्रोपावर कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा २२ लाख ८० हजार कित्ता आइपीओ जारी गर्न अनुमति माग गरेको हो। यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।

यता, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १६ लाख ३१ हजार १६० कित्ता आइपीओ जारी गर्न अनुमति माग गरेको हो। यसमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गर्नेछ ।

यी तीन कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि आइपिओ जारी गर्न लागेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.