भरतपुरमा रेनुको ८ हजारभन्दा धेरैको अग्रता
काठमाडौं । भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट माओवादीकी उम्मेदवार रेनु दाहालले मतान्तर बढाएकी छन्। ९५ हजार ३११ मतगणना गरिसक्दा रेनुले ३७ हजार ४६८ मत ल्याएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका विजय सुवेदीले २९ हजार ३१४ मत ल्याएका छन्।
यस्तै, गठबन्धन विरुद्धका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ३५९ मत ल्याएका छन्। रेनु र विजयबीच ८ हजार १०९ मतान्तर छ।उपमेयरमा गठबन्धनको तर्फबाट कांग्रेसका चित्रसेन अधिकारीले ३९ हजार ६३९ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले २३ हजार २१२ मत मात्र ल्याएकी छिन्। भरतपुरमा १ लाख २७ हजार ५६६ मत खसेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment