६२ प्रतिशत मत गन्दा बालेनलाई १७ हजार ३३८ को अग्रता
काठमाडौं । काठमाडौं महानगरपालिकामा साँझ ६ बजेसम्म १ लाख १८ हजार २५७ मत गणना भइसकेको छ ।
अहिलेसम्म काठमाडौ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले अग्रता लिइरहेका छन् ।
उनले ४१ हजार ५२२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार सिर्जना सिंहले २४ हजार १८४ र नेकपा एमालेका प्रमुख पदका उम्मेदवार केशव स्थापितले २३ हजार २४६ मत प्राप्त गरेका छन् ।
यसैबीच काठमाडौ महानगरपालिका वडा नम्बर २५ मा अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार राजेश डङोल विजयी भएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment