पूर्वप्रधानमन्त्री खनालद्वारा इलामका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई

डिसी नेपाल
८ जेठ २०७९ २१:४४
84
Shares

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलामका १० वटै पालिकाका निर्वाचित जनप्रतिनिधिलाई बधाई दिएका छन् ।

पूर्वप्रधानमन्त्री खनालले आज विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्वाचनमा जिल्लाका १०वटै पालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई दिएका हुन् । उनले राष्ट्रियता, सामाजिक न्याय, समानता र समाजवादको बाटोलाई अवलम्बन गर्दै स्थानीय जनताको समस्या र आवश्यकताअनुसारको दिगो विकास कायम गर्न जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।

केन्द्रीकृत प्रणालीलाई विकेन्द्रित गर्न र स्थानीय जनताका समस्या स्थानीय तहबाटै छिटोछरितो समाधान गर्न स्थानीय तहको सरकार क्रियाशील रहने विश्वास रहेको विज्ञप्तिमा उल्लेख छ । “लोकतन्त्रका उपलब्धीलाई तल्लो तहसम्म पुर्‍याउन तथा स्थानीय विकासलाई अगाडि बढाउन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप संस्थागत गर्न सहयोग पुग्ने छ”, विज्ञप्तिमा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.