रङ्गेली नगरपालिकामा एक वडासदस्य बाहेक सबै पदमा एमाले विजयी

डिसी नेपाल
८ जेठ २०७९ २२:२६
296
Shares

विराटनगर । मोरङको रङ्गेली नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ ।

प्रमुखमा दिलीप बगडियाले १२ हजार ८५१ तथा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मोदराज घिमिरेले नौ हजार ६१ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा एमालेका भूमाकुमारी पराजुलीले ११ हजार ७९० तथा उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका पन्नालाल मण्डलले पाँच हजार १७५ मत प्राप्त गरेका छन् ।

नौ वडा रहेको नगरपालिकामा सबै वडाध्यक्षमा एमाले विजयी भएको छ । वडा नं ६ मा जनता समाजवादी पार्टी नेपालकी सरस्वतीदेवी बहरदारले सदस्य पदमा जीत हासिल गरेकी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.