ललितपुर महानगरको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता कायमै
ललितपुर । ललितपुर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारको अग्रता कायम रहेको छ । प्रमुखमा चिरीबाबु महर्जन र उपप्रमुखमा मञ्जली शाक्यको अग्रता रहेको छ ।
पछिल्लो विवरणअनुसार नेपाली कांग्रेसका उम्मेदवार महर्जनले ३५ हजार ३७४ र उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का हरिकृष्ण व्यञ्जनकारले १८ हजार ८८६ मत पाएका छन् । उपप्रमुखमा एमालेकी उम्मेदवार मञ्जली शाक्यले १८ हजार ३०९ मत र उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का बाबुराजा बज्राचार्यले १३ हजार ४७२ मत पाएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment