भरतपुर महानगरमा ९०७५ मतले रेणुको अग्रता

डिसी नेपाल
८ जेठ २०७९ २३:५६
432
Shares

चितवन । भरतपुर महानगरपालिकामा गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालले आफ्नो अग्रतालाई निरन्तर बढाइरहेकी छिन् । राति ११ बजेको मतपरिणाम अनुसार १०२६४५ मतगणना हुँदा रेणुले ४०९०३ मत ल्याएकी छिन् ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार विजय सुवेदीले ३१८२८ मत ल्याएका छन् । एमालेका सुवेदी भन्दा रेणु ९०७५ मतले अग्रता लिइरहेकी छिन् ।
यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३०८९ मत ल्याएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.