हेर्नुहोस् सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको स्थिर रहेको छ। सोमबार छापावाला सुनको मूल्य प्रति तोला ९८ हजार रुपैयाँ कायम भएको छ।
आइतबार प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेको सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँ निर्धारण गरिएकाे छ।
यता, चाँदीको मूल्य पनि स्थिर रहेर प्रति तोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment