भरतपुर महानगरकाे मेयरमा रेनु दाहालकाे जित पक्का
फाइल फाेटाे।
हेटौंडा। चितवनको भरतपुर महानगरपालिका प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा माओवादीकी उम्मेदवार रेनु दाहालले अग्रतालाई फराकिलो बनाउँदै लगेकी छन्।
भरतपुर महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार रेनु दाहालले ४७ हजार मत कटाएकी छन्। १ लाख १६ हजार ६६६ मतगणना हुँदा ४७ हजार ४० मत ल्याएकी छन्।
उनी पछिल्लो अपडेट अनुसार ११ हजारभन्दा बढी मतले अग्रता लिएकी छन्। उनका प्रतिद्वन्द्वी एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ३५ हजार ५८३ मत ल्याएका छन्।
नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेल १४ हजार २६३ मतका साथ चुनावी प्रतिस्पर्धामा छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment