करिब ४८ हजार मत गणना हुन बाँकी हुँदा बालेनले पाए ४८ हजार ८९ मत
काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले जारी मतगणनामा ठूलो अन्तरले अग्रता लिइरहेका छन् । उनको मत ४८ हजारभन्दा धेरै भइसकेको छ । रती १० बजेसम्मको गणनामा बालेनको भोट ४८ हजार ८९ छ । उनले निकटतम प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहसँग १८ हजार ९०९ मतले अग्रता लिइरहेका छन् । अब ४८ हजार ९६५ मत मात्रै गणना हुन बाँकी छ ।
पछिल्लो अपडेट अनुसार कांग्रेसकी सिर्जना सिंहले २९ हजार १८० मत पाएकी छिन् । एमालेका केशव स्थापितले २८ हजार ३३६ मत पाएका छन् । अहिले काठमाडौंको ‘कोर एरिया’ भनिने भित्री काठमाडौंका वडाहरुको मतगणना भइरहेको छ । यी ठाउँबाट स्थापित र सिर्जनाले धेरै मत पाउने र बालेनलाई उछिन्ने अपेक्षा गरेका थिए ।
कोर एरियाको भोटले जित्ने एमाले र कांग्रेसको आशामा भने सुमन सायमीले पानी फेरिदिएका छन् । यहाँको मत गणना भइरहँदा पनि बालेनले पहिले नै लिएको अग्रता घटेको छैन । जुन हिसाबले आफूलाई भोट ओइरिने एमाले–कांग्रेसको आशा थियो त्यो देखिएको छैन । यहाँ एमाले–कांग्रेसले आश गरेको मत ठूलो परिमाणमा स्वतन्त्र उम्मेदवार सुमन सायमीलाई गएको छ ।
अहिलेसम्म सुमन सायमीले पनि ७ हजार १०५ मत पाइसकेका छन् । कोर एरियामा सुमनको मत राम्रो छ । उनले टेकुमा १४ प्रतिशत, कालीमाटीमा २२ प्रतिशत, डल्लुमा ८ प्रतिशत, भिमसेनस्थानमा १६ प्रतिशत, ज्याबहालमा १३ प्रतिशत, टेबहालमा १५ प्रतिशत, ओमबहालमा १४ प्रतिशत, मखनमा १० प्रतिशत, जनबहालमा २० प्रतिशत, महाबौद्धमा १३ प्रतिशत मत पाएका छन् । यी कोर एरिया भनिने क्षेत्र हुन् ।







डिसी नेपाल







Facebook Comment