यी प्रदेशमा वर्षाकाे सम्भावना

डिसी नेपाल
१० जेठ २०७९ ७:१८
84
Shares

काठमाडाैं। आज मुलुकका केही प्रदेशमा वर्षाकाे सम्भावना छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसाे सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही र अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन /चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति प्रदेश १, मधेश, बाग्मती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा र बाँकी भूभागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

बुधबार पनि प्रदेश १ र बागमतीका केही र अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको आँकलन गरिएकाे छ।

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.