अपर हेवाखोला हाइड्रोपावरको ५ लाख कित्ता आइपिओ बिक्री खुल्ला, कहाँ जाने भर्न ?

डिसी नेपाल
१० जेठ २०७९ ९:५३
308
Shares

काठमाडौँ। अपर हेवाखोला हाइड्रोपावर कम्पनीको ५ लाख कित्ता आइपिओ आज (मंगलबार, जेठ १० गते)देखि बिक्री खुल्ला भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ बिक्री खुल्ला गरेको हो।

यस आइपिओमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ। यस आइपिओमा आयोजना प्रभावित क्षेत्र अर्थात संखुवासभा जिल्लाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन्। यस आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

यस आइपिओमा लगानीकर्ताले जेठ २४ गतेसम्म आवेदन दिन पाउनेछन्। तोकिएको समयसम्म आवश्यक मात्रामा आवेदन नपरेको खण्डमा आवेदन दिने म्याद असार ८ गतेसम्म लम्बिनेछ । इक्रा नेपालले अपर हेवाखोलाको आइपीओलाई ‘कियर एनपी डबल बी आइएस’ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

लगानीकर्ताले यस आइपीओमा एनएमबि क्यापिटल नागपोखरी काठमाडौं, अपर हेवाखोला कम्पनी अनामनगर, काठमाडौंबाट आवेदन दिन सकिन्छ। साथै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.