जडिबुटी बाेकेकाे ट्रक प्रहरी नियन्त्रणमा

डिसी नेपाल
१० जेठ २०७९ १०:०२
84
Shares

खोटाङ। खोटाङमा प्रहरीले दरपीठ नभएको स्थानीय जडिबुटी नियन्त्रणमा लिएको छ। बागमती प्रदेश ०१००६ ख ३३४७ नम्बरको ट्रकमा राखेर अन्यत्र लैजाँदै गरेको अवस्थामा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान हलेसीबाट जडिबुटी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

हलेसीस्थित ट्राफिक चोकमा खटिएको प्रहरीको टोलीले सोमबार सवारी साधन चेकजाँच गर्नेक्रमका शंका लागेर चेकजाँच गर्दा दरपीठ नभएको जडिबुटी फेला परेको ईलाका प्रहरी कार्यालय महादेवस्थान हलेसीले जनाएको छ।

प्रहरीले जडिबुटी, ट्रक चालक, सामानको मालिक र ट्रकलाई नियन्त्रणमा लिएर कारबाहीका लागि डिभिजन वन कार्यालयलाई जिम्मा लगाएको छ। कागजपत्र नमिलेको र शंकास्पद देखिएकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.