इन्धनको मूल्य बढेसँगै हवाई भाडा बढ्यो, न्यूनतम रु.९० देखि अधिकतम रु.४४५ सम्मले वृद्धि
काठमाडौं। वायुसेवा कम्पनीहरुले हवाई भाडा वृद्धि गरेको छ। नेपाल आयल निगमले आन्तरिकतर्फको हवाई इन्धन मूल्य वृद्धि गरेसँगै वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाएका हो।
नेपाल वायु सेवा सञ्चालक सङ्घले बुधबारदेखि लागू हुने गरी नयाँ भाडादर सार्वजनिक गरेको छ। नयाँ भाडादरमा न्यूनतम ९० रुपैयाँदेखि अधिकतम ४४५ रुपैयाँसम्म वृद्धि भएको छ ।
सबैभन्दा लामो दूरीका रुपमा रहेको काठमाडौँ–धनगढीको भाडा रु ४४५ बढेको छ । वृद्धि भएको भाडादर अनुसार काठमाडौँ–धनगढी १५ हजार ६६५ रुपैयाँ कायम भएको छ। काठमाडौँ–भद्रपुर ११ हजार ९३५ रुपैयाँ, काठमाडौँ–विराटनगर ९ हजार ३२५ रुपैयाँ , काठमाडौँ–जनकपुर ४ हजार २५० रुपैयाँ, काठमाडौँ–भरतपुर ४ हजार ४३५ रुपैयाँ र काठमाडौँ–पोखरा ६ हजार ३०५ रुपैयाँ कायम भएको छ। काठमाडौँ–भैरहवा ७ हजार ८८० रुपैयाँ, काठमाडौँ–नेपालगञ्ज १२ हजार ८९५ कायम भएको छ ।
निगमले आइतबार राती १२ बजे पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसंगै पेट्रोलको मूल्य प्रतिलिटर रु १८०, डिजेल्मट्टितेलको मूल्य प्रतिलिटर रु १६३, हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर १६६ र हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर अमेरिकी डलर १.५४५ पुगेको छ।







डिसी नेपाल








Facebook Comment