उर्फीले लगाइन् २० किलोको ड्रेस !

डिसी नेपाल
१० जेठ २०७९ ११:१८
324
Shares

काठमाडौं । उर्फी जावेद सामाजिक सञ्जालमा निकै सक्रिय छिन् र आफ्ना नयाँ तस्विर वा भिडियो फ्यानका लागि शेयर गरिरहेकी छिन् । आफ्नो आउटफिटका कारण हेडलाइनमा रहेकी उर्फी जावेदले हालै आफ्नो इन्स्टाग्राम अकाउन्टमा ३० लाख फलोअर्स पार गरिसकेकी छिन् । फलोअर ३ मिलियन पुगेको खुसिमा उनले काँचका टुक्राबाट बनेको असाधारण पोशाक लगाइन् र अन्य टिभी स्टारहरूसँग पार्टी गरिन् ।

 

View this post on Instagram

 

A post shared by Uorfi (@urf7i)

उर्फी जावेदको यो पोशाकको तौल २० किलोभन्दा बढी थियो । यसमा भारी काँचको प्रयोग गरिएको थियो। बिग बोस ओटीटीको एक हिस्सा रहेकी उर्फी जावेदले मुम्बईको एक क्लबमा विलासी पार्टी दिइन् जसमा राखी सावन्त, अक्षित सुखिजा र प्रियांक शर्मा जस्ता टिभी स्टारहरू उपस्थित थिए। यस पार्टीमा उर्फीले सेतो ड्रेसमा मोटो सिसाको टुक्रा लगाएकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.