जाल्पा सामुदायिक लघुवित्तको वार्षिक साधारण सभा जेठ २८ गते, के-के छन् एजेण्डा ?
काठमाडौं। जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थको वार्षिक साधारण सभा जेठ २८ गते हुने भएको छ । कम्पनीको उक्त साधारण सभा अम्रपाली कटेज, सुक्खानगर रुपन्देहीमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा कम्पनीले सञ्चालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्न २ जना सञ्चालको निर्वाचन गर्ने प्रस्ताव पेश गर्ने भएको छ। साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेण्डा रहेको छ।
कम्पनीले अन्य वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पेश गर्नेछ । सभामा कम्पनीको आर्थिक वर्ष २०७७/७८को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ। त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।
सभाका लागि कम्पनीले जेठ १२ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस अनुसार जेठ ११ गतेसम्म कायम सेयरधनीले उक्त सभामा भाग लिन पाउनेछन्।







डिसी नेपाल








Facebook Comment