अब बालेनको १ भोट पनि नआउँदा समेत बालेनलाई भेट्न सिर्जनाले बाँकी भोटको आधा एक्लै ल्याउनुपर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५० हजार मत कटाएका छन् । डेढ लाख मतगणना हुँदा बालेनको मत आधा लाख पुगेको हो ।
१ लाख ५२ हजार ३ सय मत गन्दा बालेन शाहले ५० हजार ४९२ मत पाएका छन् । कांग्रेसकी सृजना सिंहले ३१ हजार ५३९ मत पाएकी छिन् । बालेनले उनीसँग १८ हजार ९५३ मतको अग्रता लिएका छन् ।
यो हिसाबले यदि अब बालेनको भोट बढ्दै नबढेको अवस्थामा समेत सिर्जनाले बाँकी भोटको आधा भोट एक्लै ल्याउनुपर्नेछ । बालेनको भोट बढेको अवस्थामा आधा भोट एक्लै ल्याए पनि पुग्ने छैन । मतगणनाको जारी ट्रेन्ड हेर्दा बालेनको भोट नै नबढ्ने भनेको असम्भव देखिन्छ ।
अहिलेसम्म २३ वडाको परिणाम आइसकेको छ । बाँकी ९ वडामा बालेनको मत प्रतिशत १६ देखि ४३ प्रतिशतसम्म छ । जबकी यी वडामा सिर्जनाको मत १४ देखि ३३ प्रतिशतसम्म छ ।
एमालेका केशव स्थापितले ३० हजार ८९१ मत पाएका छन् । भित्री काठमाडौंको मत गणना सुरु भएपछि अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले पनि राम्रो मत ल्याएका छन् । सुमनले ८ हजार ८७१ मत पाएका छन् ।
अहिले मतगणना भइरहेका सबैजसो वडामा सुमन सायमीले राम्रो मत पाइरहेकाले उनको मत धेरै नै बढ्न सक्ने अनुमान गरिएको छ ।







डिसी नेपाल







Facebook Comment