छिट्टै विशेष कार्यक्रममार्फत जनताहरुको सामिप्यमा आउँछुः जगन्नाथ पौडेल

डिसी नेपाल
१० जेठ २०७९ १२:३१
216
Shares

काठमाडौं। भरतपुर महानगरपालिकको स्वतन्त्र मेयर पदका उम्मेदवार रहेका जगन्नाथ पौडेलले छिट्टै विशेष कार्यक्रममार्फत जनताहरुको सामिप्यमा आउने प्रतिबद्धता व्यक्त गरेका छन्। पौडेलले आफूलाई मत दिने मतदातालाई धन्यवाद दिँदै भरतपुर महानगरपालिकाको नगरप्रमुखमा निर्वाचित रेनु दाहाल र नगर उपप्रमुख चित्रसेन अधिकारीलगायत निर्वाचित सबै जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना पनि दिएका छन् ।

पौडेलले सामाजिक सञ्जालमा भनेका छन्, ‘भरतपुर महानगरपालिकाको आज सम्पन्न मतगणना बाट मलाई प्राप्त प्रत्यक्ष करिब १५ हजार र बदर मत समेत करिब १० हजार गरी २५ हजार महानगरबासी मेरा मित्र सचेत र स्वाभिमानी काँग्रेसजन र अन्य बुद्धिजीवी समाजसेवी समेत बाट प्राप्त माया स्नेह र सहयोग का लागि हार्दिक आभार एवं कृतज्ञता ज्ञापन गर्न चाहन्छु र म छिट्टै विशेष कार्यक्रम मार्फत तपाईहरुको सामिप्यमा आउने प्रतिबद्धता समेत व्यक्त गर्न चाहन्छु धन्यवाद तथा जय नेपाल ।’

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.