बालेनको अग्रता झन् बढ्यो, ३७ हजार मत गन्न बाँकी रहँदा १९ हजार माथिको लिड

डिसी नेपाल
१० जेठ २०७९ १३:०८
2.1k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाएका छन् । ३७ हजार मत गन्न बाँकी रहँदा बालेनको अग्रता १९ हजार माथि पुगेको छ ।

१ लाख ५३ हजार ३ सय मत गन्दा बालेन शाहले ५० हजार ७५० मत पाएका छन् । कांग्रेसकी सृजना सिंहले ३१ हजार ७३९ मत पाएकी छिन् । बालेनले सृजना सिंहसँग १९ हजार १९ को अग्रता बनाएका छन् ।

एमालेका केशव स्थापितले ३१ हजार ४४ मत पाएका छन् । भित्री काठमाडौंको मत गणना सुरु भएपछि अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले पनि राम्रो मत ल्याएका छन् । सुमनले ८ हजार ९८२ मत पाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.