युएई र टर्कीबाट दश महिनामा नेपाल आयो ४२ सय ४८ केजी सुन, बाहिरियो ३० अर्ब रुपैयाँ
काठमाडौं। चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा २९ अर्ब ७० करोड १० लाख ४९ हजार रुपैयाँको सुन भित्रिएको छ। भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा उक्त सुन नेपाल भित्रिएको हो ।
सो मूल्यमा ४ हजार २४८.५ केजी सुन नेपाल भित्रिएको विभागले जनाएको छ। नेपालमा युनाईटेड अरब इमिरेट्स (युएई) र टर्कीबाट सुन आउने गरेको छ।
विभागको तथ्याङ्क अनुसार पछिल्लो दश महिनामा युएईबाट २३ अर्ब ७७ करोड २२ लाख ९९ हजार रुपैयाँको सुन नेपाल भित्रिएको छ। यस्तै, सोही अवधिमा टर्कीबाट ५ अर्ब ९२ करोड ८७ लाख ५० हजार रुपैयाँको सुन नेपाल आएको छ।
गत आर्थिक वर्ष २०७७/७७ मा युएई र टर्कीबाट नेपालमा २७ अर्ब ३४ करोड ३९ लाख ५१ हजार रुपैयाँको ३ हजार ९२४ केजी सुन भित्रिएको थियो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment