धुलिखेलको पहिलो निर्णयः जेष्ठ नागरिक,गर्भवती र अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क एम्बुलेन्स सेवा दिने
काठमाडौं।धुलिखेल नगरपालिकाकाको पहिलो बैठकले नगरपालिका भित्र रहेका जेष्ठ नागरिक,गरिव, गर्भवती, अपाङ्गता भएका ब्यक्तिहरुलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको छ ।
त्यस्तै उक्त बैठकले नगरपालिका भित्रको नक्सा पास प्रकृयालाई ई विल्डिङ परमिट सिस्टम प्रारम्भ गर्ने निर्णय गरेको छ । धुलिखेल नगरपालिकाको कार्यालय र सबै वडाहरुमा डिजिटल हस्ताक्षर साउन १ गते देखि लागु गर्ने निर्णय भएको छ ।
नगरपालिकामा नगर प्रमुखका रुपमा अशोक ब्याञ्जु दोस्रो पटक निर्वाचित भएका छन्। र उपप्रमुुखमा निराजन जंगम निर्वाचित भएका छन्। व्याञ्जु नेकपा एमालेबाट निर्वाचित भएका हुन् भने जंगम नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment