पर्सामा युवकको हत्या गरी फरार रहेका तीन जना अभियुक्त काठमाडौंबाट पक्राउ

डिसी नेपाल
१० जेठ २०७९ १५:५७
60
Shares

पर्सा। ठोरी गाउँपालिका–५ ठूलो बाघमोर्चा बस्ने २३ वर्षीय प्रविण पाख्रिनको हत्यामा संलग्न तीन जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई सोमबार पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरूमा ठोरी गाउँपालिका–५ ठूलो बाघमोर्चाका २२ वर्षीय सरोज स्याङ्वो, पर्सा वीरगंज महानगरपालिका–३२ रामबनका २० वर्षीय किशन लोप्चन र १७ वर्षीय किशोर रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुले सोही गाउँपालिका–५ बाघमोर्चा मन्दिरको छेउमा प्रविणलाई जेठ ६ गते दिउँसो अज्ञात व्यक्तिहरूले ढुंगाले टाउको र अनुहारमा प्रहार गरी बेहोस अवस्थामा छोडेका थिए ।

वीरगञ्जस्थित एलएस न्यूरो हस्पिटलमा उपचारको क्रममा आइतबार बिहान प्रविणको मृत्यु भएको थियो । घटनामा संलग्न रही फरार रहेका उनीहरूलाई काठमाडौं महानगरपालिका–३ महाराजगंजबाट पक्राउ गरिएको हो ।उनीहरूमाथि ज्यान सम्बन्धी कसूरमा जिल्ला प्रहरी कार्यालय पर्साबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.