काठमाडौंमा ३३ हजार ९०७ मत गन्न बाँकी, बालेनको १९ हजारभन्दा धेरैको अग्रता
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाएका छन् । ३३ हजार ९०७ हजार मत गन्न बाँकी रहँदा बालेनको अग्रता १९ हजार माथि पुगेको छ ।
१ लाख ५७ हजार १४४ मत गन्दा बालेन शाहले ५१ हजार ६४९ मत पाएका छन् । कांग्रेसकी सृजना सिंहले ३२ हजार ४४६ मत पाएकी छिन् । बालेनले सृजना सिंहसँग १९ हजार २०३ को अग्रता बनाएका छन् ।
एमालेका केशव स्थापितले ३१ हजार ८८२ मत पाएका छन् । भित्री काठमाडौंको मत गणना सुरु भएपछि अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले पनि राम्रो मत ल्याएका छन् । सुमनले ९ हजार ३५५ मत पाएका छन् ।
अब काठमाडौंमा ३२ हजार ९०७ मत मात्र गन्न बाँकी छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment