प्रेस युनियनको नवौँ महाधिवेशन सर्यो, आगामी भदौमा हुने
काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको महाधिवेशन सरेको छ । युनियनको आज बसेको सचिवालयको आकस्मिक बैठकले आगामी भदौ २१ र २२ गते बागमती प्रदेशको राजधानी हेटौँडामा नवौँ महाधिवेशन गर्ने निर्णय गरेको हो ।
युनियनले यसअघि जेठ १३ र १४ गते हेटौँडामा महाधिवेशन गर्ने निर्णय गरे पनि कांग्रेसले वैशाख २१ गते एक विज्ञप्ति जारी गरी भ्रातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशन स्थानीय तहको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक नहुञ्जेलसम्मका लागि स्थगित गर्ने निर्देशनअनुसार महाधिवेशन सारिएको युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिनुभयो । युनियनले निर्वाचनको तयारी अगाडि बढाएको भए पनि स्थानीय तहको निर्वाचन परिणाम पूर्णरूपमा आइनसकेको र मौसमी प्रतिकूलतालाई मध्यनजर गर्दै निर्वाचन सारेको हो ।
अध्यक्ष सिग्देलले आगामी भदौ २१ र २२ गते तय भएको नवौँ महाधिवेशनको तयारीमा जुट्न सबै युनियनकर्मीलाई आग्रहसमेत गरेका छन् । उनले जेठ १३ र १४ गते निर्धारण भएको महाधिवेशन समयमै सम्पन्न गर्न नसकेको भन्दै क्षमायाचनासमेत गर्नुभएको छ । युनियनका कार्यवाहक महासचिव भीष्मराज ओझाले आगामी जेठ १३ गते युनियनको ३१ औँ स्थापना दिवस भएकाले स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउनका लागि जिल्ला शाखा, प्रतिष्ठान शाखा र विदेशस्थित शाखालाई अपिलसमेत गरेका छन् ।







डिसी नेपाल







Facebook Comment