बुधबार बढ्यो अमेरिकी डलरको भाउ, हेर्नुहोस् यस्तो छ अन्य देशको विदेशी मुद्राको विनिमय दर
काठमाडौं। अमेरिकी डलरको भाउ दिन प्रति दिन बढ्दै गइरहेको छ। आज बुधबार पनि अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर अधिकतम १२३ रुपैयाँ ८४ पैसा र बिक्री दर १२४ रुपैयाँ ४४ पैसा कायम गरेको छ। मंगलबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२३ रुपैयाँ ७३ पैसा र बिक्री दर १२४ रुपैयाँ ३३ पैसा रहेको थियो।
युरोपियन यूरो एकको खरिद दर १३२ रुपैयाँ ६५ पैसा र बिक्री दर १३३ रुपैयाँ २९ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५४ रुपैयाँ ८३ पैसा र बिक्री दर १५५ पैयाँ ५८ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२८ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्री दर १२८ रुपैयाँ ९५ रहेको राष्ट्र बैंकले जनाएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ७० पैसा र बिक्री दर ८८ रुपैयाँ १२ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ३५ पैसा छ।
जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ७१ पैसा र बिक्री दर ९ रुपैयाँ ७६ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ५७ पैसा र बिक्री दर १८ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ०२ र बिक्री दर ३३ रुपैयाँ १८ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ८८ पैसा र बिक्री दर ३४ रुपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३० पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८० पैसा र बिक्री दर ९ रुपैयाँ ८५ पैसा कायम भएको छ।







डिसी नेपाल








Facebook Comment